३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
अ+ अ-

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ ।

छलफलमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचारविमर्श भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को मर्यादा, मूल्य–मान्यता कायम गर्दै सदनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले सत्तारुढ, प्रमुख प्रतिपक्ष तथा विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको आकाङ्क्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले पर्याप्त ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएकाले दसैँअघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । शून्य तथा विशेष समयमा उठाइने विषयलाई सदनको गरिमा र मर्यादा बनाउने विषयमा समेत छलफल भएको उहाँको भनाइ छ । नेपाली कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रत्येक दलको भूमिकाबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले सरकारले संसदमा विधेयक ल्याउने विषयमा पटक–पटक प्रतिबद्धता जनाए पनि हालसम्म विधेयक दर्ता नभएको उल्लेख गर्दै सरकारलाई विधेयक ल्याउन आह्वान गर्ने काम सत्तापक्षीय दलबाट हुनुपर्ने धारणा आफूहरूले राखेको बताउनुभयो ।

रास्वपाका अर्का सचेतक क्रान्तिशिखा धितालले दुई साताको विश्रामपछि साउन १४ गतेदेखि सदन सञ्चालन हुने भएकाले त्यसलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो । सरकारले सांसदहरू व्यस्त हुने गरी पर्याप्त विधेयकसहितको ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिका विषयमा सहमतिमा पुग्ने प्रयास भइरहेको जानकारी दिँदै सचेतक धितालले तीन–चार दिनभित्रै सहमतिमा पुगेर सदनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने विश्वास व्यक्त समेत गर्नुभयो । छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सरकार सबैको हो भन्ने विश्वासको वातावरण निर्माण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । रासस