१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रलाई स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न उद्योग क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा उद्यमीहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको नेपालको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यमा पुनःस्थापित गर्नुपर्ने बताउनुभयो ।

उहाँले निजी क्षेत्रले गरेको लगानी सुरक्षित हुने, उचित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएकाले उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरू तीव्र गतिमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा अघि बढाइने उहाँले बताउनुभयो ।

त्यस्तै, पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार गर्ने र लगानीको वातावरण सुदृढ बनाउने काम समानान्तर रूपमा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “आजको बैठकलाई नियमित छलफलका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको नयाँ चरण प्रारम्भ गर्ने साझा कार्यशालाका रूपमा अगाडि बढाऔँ । नेपाललाई अधिकतम लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्र बनाउनेतर्फ अगाडि बढाऔँ ।”

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएका लगानीका अवरोध हटाउने प्रतिबद्धता दोहोर्‍याउँदै आत्मविश्वासका साथ लगानी गर्न, उत्पादन बढाउन, उद्योग विस्तार गर्न, नयाँ उद्यम सुरु गर्न र रोजगारी सिर्जना गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले लगानी, उत्पादन र उत्पादकत्वमार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्नु सरकार र निजी क्षेत्रको साझा लक्ष्य रहेको बताउनुभयो ।




भर्खरै