३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात
अ+ अ-

काठमाडाैँ । नेपाली कृषकलाई आफ्नो खेत-बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन् । तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्वीट कर्न फ्रोर्जन’ को परिकार खान भने नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ । होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रे नेपालका होटल तथा रेष्टुरेण्टमा ग्राहकको रोजाइमा ‘स्वीट कर्न’ पर्दै आइरहेको बताउनुहुन्छ ।

‘‘हाम्रै गाउँघरमा प्रशस्त मकै हुन्छ । तर, ‘स्वीट कर्न’ भने छिमेकी मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ’’, उहाँले भन्नुभयो, ‘‘कम्तीमा यही उत्पादन भएको मकैलाई स्वीट कर्न बनाउन सके हुन्थ्यो ।”

अध्यक्ष बक्रेले स्वीट कर्नमा चिल्लोजन्य पदार्थ नहुने भएकाले पनि सर्वसाधारणको रोजाइँमा पर्ने गरेको बताउनुहन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सात करोड ३९ लाख ९४ हजार मूल्य बरामरको आठ लाख ९८ हजार १९८ किलोग्राम ‘स्वीट कर्न फ्रोजन’ आयात भएको छ । विभागले ती ‘स्वीट कर्न’ आयात गरेवापत रु एक करोड ४० लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भारतबाट रु आठ करोड ६४ लाख दुई हजार मूल्य बराबरको नौ लाख पाँच हजार ७०१ किलोग्राम स्वीट कर्न फ्रोजर आयात भएको थियो । सोही आर्थिक वर्ष चीनबाट भने रु आठ हजार मूल्य पर्ने ७५ किलोग्राम स्वीक कर्न फ्रोजन आयात भएको देखिन्छ ।

विभागले आव २०८१/८२ मा स्वीट कर्न आयात गरेवापत रु एक करोड ७४ लाख १५ हजार मूल्य बराबरको राजस्व सङ्कलन गरेको थियो । विदेशबाट स्वीट कर्न मात्रै होइन, ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, टर्कीय, ब्राजिल, अर्जेन्टिना, कतार, चीनलगायत मुलुकबाट रु १२ अर्ब ४१ करोड मूल्य बराबरको ३० करोड ६५ लाख ४५ हजार ९०६ किलोग्राम खाद्यान्न मकैको आयात भएको छ । त्यस्तै आव २०८१/८२ मा आधा दर्जनभन्दा धेरै मुुलुकबाट रु १९ अर्ब २७ करोड ६९ लाख ८५ हजार मूल्य बराबरको रु ३८ करोड ३१ लाख नौ हजार २६९ किलोग्राम खाद्यान्न मकै आयात भएको तथ्याङक छ । रासस