२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बेनी बगरफाँटका दुईघर बगायो, दुई वेपत्ता



अ+ अ-

बेनी । शनिवार राती आएको भीषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पुर्याएको छ । बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले बताए । बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

बाढीको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि राती नै घटनास्थलमा पुगेको र उद्धारमा खटिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिए। बाढीमा परेर दुइजना बच्चाहरु हराइरहेका हुनाले उनीहरुको खोजी कार्य भइरहेको उनले बताए । बुद्ध एकेडेमीको खेल मैदानमा बाढी पसेको र विद्यालयका सबै कोठाहरु बन्द भएका कारण पानी बग्न नपाई एक पक्की सहित ४ वटा भवनहरु मध्ये दुई वटा कच्ची ब्लकका कक्षाकोठा हरुमा क्षति पुगेको विद्यालयका प्रबन्धक निर्देशक राजकुमार थापाले बताए ।

रातको समयमा भीषण बर्षा भएको र खोलाले धार परिबर्तन गरि आएको हुनाले अकल्पनीय क्षति भएको थापाले बताए । राहत र उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी,स्थानीय प्रशासन र सर्वसाधरणहरु पुगेका छन् । समाचार गोरखापत्र दैनिकबाट