१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भण्डारी



अ+ अ-

लम्की । कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् । अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी भएको हुन् । भण्डारीले ५४१ मत प्राप्त गरेका छन् भने खत्रीले ३२० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी भएका छन् । महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेश रेग्मी, कोषाध्यक्षमा कमल चौधरी विजयी भएका हुन् । महिला सदस्यमा शिला सापकोटा, जनजाति सदस्यमा जितबहादुर चौधरी (पन्छी), दलित सदस्यमा अमित टमटा नेपाली, विजयी भएका छन् ।

खुला सदस्यमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का र हिक्मत रावल विजयी भएको निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष भण्डारीले मतदातालाई धन्यवाद दिँदै व्यापारीको सुझावका आधारमा काम गर्ने बताए । शनिबार भएको चुनावमा एक हजार दुई मतमध्ये ९१६ मत खसेको थियो ।