५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक अफ काठमाण्डूका पूर्व सिइओसहित ६ जना पक्राउ



अ+ अ-

काठमाडौं । बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।

दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानको क्रममा पक्राउ गरी प्रहरीले बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी गरेको हो।

नक्कली कागजातका आधारमा कर्जा निष्कासन भएपछि बैंक अफ काठमाडौंले प्रहरीमा निवेदन दिएको थियो।