१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओम अस्पतालको लापरबाहीले महिलाको मृत्यु, आफन्तहरु आन्दोलित



अ+ अ-

काठमाडौं । पत्थरीको अप्रेसन गर्न ओम अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको अस्पालको गम्भीर लापरबाहीका कारण मृत्यु भएको हो ।

शुक्रवार दिउँसो हाँस्दै हिँडेर अस्पताल गएकी गुरूङको चिकित्सकहरूले शनिवार पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए।

शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तले बताए । शल्यक्रिया पछि स्वास्थ्य भएको विरामीको मृत्युु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालले भने बिरामीको मृत्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् । गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसन सफल भएपनि गुरुङको ज्यान गएको आरोप लगाएका छन् । ओम अस्पतालमा केही महिना अघि पनि पत्थरी को शल्यक्रिया को क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृत्यु भएको थियो ।