५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी जापान जाँदै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापानको राजकीय भ्रमणमा जाने तयारी भइरहेको छ । जापानका सम्राट नारुहितोको निम्तोमा राष्ट्रपति भण्डारी जापान भ्रमण जाने भएकी हुन् ।

राष्ट्रपति भ्रमणको चाँजोपाँजो मिलाउने जिम्मा सरकारले लिएको र स्रोतका अनुसार अक्टोबर अन्तिम साता वा नोभेम्बर पहिलो सातासम्म राष्ट्रपति भण्डारीको जापान भ्रमण हुनेछ ।

अक्टोबर दोस्रो साता चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण हुने भएकाले राष्ट्रपति भण्डारीको जापान भ्रमणको मिति तय नभएको अधिकारीहरुले बताएका छन् । भ्रमण अक्टोबर अन्तिम साता हुनसक्ने एक उच्च अधिकारीले बताए ।

जापानका सम्राट नारुहितो युवराज भएकै बेला सन् १९८७ मा नेपाल भ्रमण गरेका थिए । जापान र नेपालको राजपरिवारबीच धेरै पुरानो सम्बन्ध र भ्रमण आदान प्रदान हुने गरे पनि नेपालमा गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो ।

यसअघि प्रथम राष्ट्रपति स्वास्थ्योपचारको लागि जापान गरेका थियो ।