५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक कागतीखेतीमा किसान



अ+ अ-

डोटी । जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि उहाँले पाँच सय कागतीका बिरुवा लगाउनुभएको थियो ।

कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लाग्नुभएको छ । “राम्रै आम्दानी होला जस्तो छ”, उहाँले भन्नुभयो । देउवाले यस वर्ष एक हजारको हाराहारीमा कागतीका बिरुवा रोप्नु भएको छ । केही वर्ष अघिसम्म अध्यापन पेशामा आवद्ध देउवा पछिल्लो समय पढाउन छोडेर व्यावसायिक कृषि पेशामा सक्रिय हुनुहुन्छ ।

कागती भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । त्यसलाई रोक्नका लागि आफुले व्यावसायिक कागतीखेती शुरु गरेको देउवा बताउनुहुन्छ । कागती फलेपछि अहिले उहाँको नर्सरीमा हेर्न आउनेको घुइँचो नै लाग्छ । कागतीखेती गर्न राम्रो सम्भावना भएको ठाउँ भएकाले अहिले यहाँका अधिकांश किसान व्यावसायिकरुपमा कागतीखेती गर्न थालेका छन् । देउवाले गन्याप कृषि उत्पादन तथा बिक्री केन्द्र फार्म स्थापना गरी कृषि पेशा थाल्नु भएको हो ।

अहिले उहाँले व्यावसायिक तरकारीखेती, गाई तथा भैँसीपालनसमेत गर्दै आउनुभएको छ । जोरायल गाउँपालिकामा कागतीखेतीको राम्रो सम्भावना भएकाले कागतीको बिरुवा अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । “हामीले उक्त पेशालाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । यहाँका जोरायल, गड्सेरा, निरौली, केआई सिंह, शिखर नगरपालिकालगायत ठाउँमा कागतीखेतीको पर्याप्त सम्भावना भएको कृषि प्राविधिक मदन खड्काले बताउनुभयो । चिसो तथा भिरालो ठाउँमा कागतीखेती गर्न सकिन्छ । बजारमा कागतीको चुकको मूल्य प्रतिलिटर रु दुई सयदेखी रु पाँच सयसम्म पर्छ ।