११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार



अ+ अ-

काठमाडौँ। दक्षिण चीन सागरको नान्शा टापुस्थित योन्शु रिफ नजिकै एक भियतनामी जहाज दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४६ जना चालक दलका सदस्यको उद्धार गरिएको छ ।

आईतबार रातिसम्मको विवरणअनुसार उद्धार गरिएकामध्ये ४५ जनालाई चिनियाँ उद्धार टोलीले र एक जनालाई भियतनामी पक्षले सुरक्षित फेला पारेका हुन् ।

चीनको सान्सा सहरका अधिकारीहरूकाअनुसार आईतवार राति करिव ८ः०५ बजे चिनियाँ उद्धार जहाज नान्हाई जिउ ११५ ले उद्धार गरिएका ४१ जनालाई भियतनामी नौसेनाको जहाज ट्रोङ सा-०१ मा हस्तान्तरण गरेको छ ।

उद्धार गरिएका अन्य ४ जनालाई सोमवार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । लाइफ राफ्टमा रहेका मानिसहरूले लुगा हल्लाएर सहयोगको याचना गरिरहेको देखेपछि चिनियाँ जहाजले तत्काल उद्धार प्रक्रिया अघि बढाएको थियो ।

सान्सा समुन्द्री खोज तथा उद्धार प्राधिकरणकाअनुसार दुर्घटनामा परेको जहाज खोइ गुयेन १८, ६९.९ मिटर लामो र १०.८ मिटर चौडा रहेको छ ।

दुर्घटनाको समयमा जहाजमा कुल ६२ जना सवार थिए । बेपत्ता रहेका अन्य सदस्यहरूको खोजीका लागि घटनास्थलमा हाल ६ वटा चिनियाँ जहाज, एउटा उद्धार हेलिकप्टर र ७ वटा भियतनामी जहाजहरू निरन्तर परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल