५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर नतिर्नेको व्यक्तिगत सम्पत्ति खोजी असुल गरिने



अ+ अ-

हेटौडा । आन्तरिक राजश्व कार्यालय हेटौँडाद्वारा मकवानपुरको बेग्लाबेग्लै दुई स्थानमा व्यवसायी र उद्योगीहरुसँग करदाता शिक्षा सम्बन्धमा दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित कार्यक्रम मकवानपुरको वाग्मती गाउँपालिकाको राईगाउँ र फापरबारीमा सम्पन्न भएको हो ।

सो अवसरमा उद्योगी व्यवसायीहरुले कर तिर्ने सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । उक्त अवसरमा करदातासम्बन्धी प्रशिक्षण दिँदै आन्तरिक राजश्व कार्यालयका प्रमुख सन्तबहादुर ढकालले उद्योग व्यवसाय चलाउने तर करको दायरामा नआउने तथा कर नतिर्नेहरुको व्यापक अनुगमन भइरहेको बताउनुभयो । उहाँले कर नतिरेर कालो सूचीमा परेका उद्योगी व्यवसायीहरु समयमा कर तिर्नुपर्ने नभए व्यक्तिगत सम्पत्ति खोजी असुलउपर गरिने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सरोज ढकालले सरकारको कर नीतिका बारेमा जानकारी गराउनुभएको थियो । यसैबीच हेटौँडास्थित आन्तरिक राजश्व कार्यालयमा स्थायी लेखा नम्बर लिनका लागि उद्योगी व्यवसायी र सर्वसाधारणको भिड लाग्ने गरेको बताइएको छ ।