१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमा नाकामा संयुक्त सहायता कक्ष



अ+ अ-

धनगढी । नजिकिँदै गएका चाँडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमा नाका गौरीफन्टामा नागरिकको सुरक्षाका लागि दुवै देशका सुरक्षाकर्मीको संयुक्त सहायता कक्ष सञ्चालनमा आएको छ । सीमा नाका हुँदै आवागमन गर्ने नागरिकको समस्या समाधानमा सघाउ पुर्याउन नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा आएको हो ।

सीमामा आवागमन गर्ने नागरिकलाई पर्ने समस्या समाधानमा सहजीकरण गर्न संयुक्त सहायता कक्ष सञ्चालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि तोकिएको भाडा दरको सूची सीमामा राख्नसमेत विद्युतीय रिक्सा र बस व्यवसायीलाई निर्देशन दिइएको उनले बताए । वडादशैँ तथा तिहार पर्व नजिकिँदै जाँदा गौरीफंटा नाका हुँदै भित्रिने नेपालीको भीड लाग्न थालेको छ ।

उक्त कक्ष सञ्चालनसँगै सीमामा आवागमन गर्ने नागरिक माथि हुने ज्यादती र दुव्र्यवहारका घटना रोकिने विश्वास गरिएको छ । यसैबीच नेपाल र भारतका सीमा सुरक्षा अधिकारीको शनिबार गौरीफंटामा बसेको नियमित बैठकमा सीमा क्षेत्रमा नागरिकको आवागमन सहज बनाउने र आवश्यक सुरक्षा व्यवस्था मिलाउने समझदारी भएको थियो ।