१० श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने



अ+ अ-

झापा। भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी (शल्यक्रिया) शिविर सञ्चालन हुने भएको छ ।

सेवा फाउण्डेसन र नेपाल नेशनल अस्पतालको संयुक्त सहकार्यमा सञ्चालन हुन लागेको उक्त कार्यक्रमका लागि भद्रपुर नगरपालिकाले अनुमति तथा सिफारिस प्रदान गरेको छ ।

यसअघि पनि पहिलो चरणको उपचारमार्फत धेरै बालबालिकाको उपचार भइसकेकाले थप उपचारका लागि यो छनोट कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार बिरामी छनोट कार्यक्रम यही साउन १९ गतेदेखि २२ गतेसम्म नगरका विभिन्न स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन हुनेछ ।रासस