१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमार चम्किदा पीएसजीको जित



अ+ अ-

काठमाडैं । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) संग लियोन पराजित भएको छ । आईतबार राति भएको खेलमा नेयमारको गोलमा पीएसजीले लियोनलाई १–० गोल अन्तरले हराएको हो ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ नेयमारले पीएसजीका लागि विजयी गोल गरेका थिए । जितसंगै शीर्ष स्थानको पीएसजीले लिगमा तीन अंकको अग्रता लिएको छ । अघिल्लो हप्ता स्टार्सवर्गविरुद्वको खेलमा दोस्रो हाफको ईन्जुरी समयमा नेयमारले पीएसजीका लागि एक मात्र विजयी गोल गरेका थिए ।

नेयमारले पीएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए । उनी बार्सिलोनासंग जोडिएपछि मुख्य प्रशिक्षक थोमस टुचेलले उनलाई टिम बाहिर राखेका थिए ।