१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
अ अ+ अ-

चितवन।  प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ ।

पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ ।

प्रसूति सेवामा नेपालमा नै अग्रणी अस्पतालको रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ सेवाका कारण सकेसम्म अधिकांशले भरतपुर अस्पतालमा शिशु जन्माउन चाहन्छन् । अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूति रोग बिशेषज्ञ सह प्रध्यापक डा रामप्रसाद सापकोटा गत आर्थिक वर्षमा सात हजार ८५३ जना महिलाले अस्पतालबाट प्रसूति सेवा लिएको बताउनुहुन्छ ।

उहाँका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्यस्तरबाट शिशुलाई जन्म दिइएको छ भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको छ । ७० जनाको भ्याकुम र फोर्सएप नामक उपकरण प्रयोग गरेर शिशुलाई जन्म दिइएको छ ।

अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । तीमध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले शिशुलाई जन्म दिइएको छ । १८७ जना आमाको उपकरण प्रयोग गरी शिशुलाई जन्म दिइएको हो । गतवर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलव ४ रहेको थियो । जटिल प्रकृतिका धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उहाँको भनाइ छ ।

अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी रहेका छन् । जसका कारण सुत्केरी गराउनेलाई अन्यत्रभन्दा सहज हुने गरेको उहाँको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको कङ्गारु मदर केयरसमेत रहेको छ । अस्पतालमा दक्ष नर्स र मिड वाइफले मात्र बच्चा निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिटसमेत छ । प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृहपछिको व्यवस्थित र विश्वासिलो रूपमा लिने गरिन्छ ।

विगतका वर्षका तुलनामा पछिल्ला वर्षहरूमा सेवा ग्राहीहरूको सङ्ख्या क्रमश घट्दो छ । यसको कारण नवलपरासी, गोरखा, तनहँु र मकवानपुर जस्ता धेरै बिरामी आउने गरेका जिल्लामा अस्पतालबाट दिइने सेवामा विस्तार गरि प्रसूति सेवा दिन थालिएको सापकोटा बताउनुहुन्छ । प्रसूति सेवालाई अस्पतालले उच्च प्राथमिकता दिएर जिल्लामा नै सेवा दिन थालेपछि बाहिरी जिल्लाका बिरामी घटेको उहाँको भनाइ छ ।

जटिल अवस्थामा भएका भने रिफरल भएर र स्वयं भरतपुर अस्पताल आउने गर्दछन् । अस्पतालमा बाल सघन उपचार कक्षको शय्या धेरै भएकाले जटिल समस्या देखिन सक्ने गर्भवतीलाई भरतपुर अस्पताल पठाउने गरिन्छ । त्यस्ता गर्भवतीको सङ्ख्या भने बढ्दो रहेको उहाँ बताउनुहुन्छ ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यो अस्पतालमा टाढाटाढाबाट बिरामी आउने गरेका छन् । हिजोआज दैनिक तीन हजारभन्दा बढी बिरामीले अस्पतालबाट बहिरङ्ग सेवा लिँदै आएका छन् । रासस