९ श्रावण २०८३, शनिबार
,
Latest
सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत



अ+ अ-

बागमती। बागमती प्रदेशको बन तथा वातावरण मन्त्रालयले एक वर्षे समयावधिमा ८२ प्रतिशत प्रगति हासिल गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे समयवधिको प्रगति विवरणअनुसार यस अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चतर्फ ८६ प्रतिशत प्रगति भएको छ । यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण विधेयक प्रदेशसभामा पुगेको मन्त्रालयले जनाएको छ ।

नवप्रवर्द्धन, अनुसन्धान तथा विशेष अभियानअन्तर्गत हरेक जिल्लाः एक टिमुर बगैँचा, एक फलफूल वन अभियान सञ्चालन गरिएको छ । एक किसानः पाँच बोधिचित्त, पाँच रुद्राक्ष अभियान, सुनाखरी उद्यान स्थापना आदि गरिएको जनाइएको छ ।

हरित अर्थतन्त्र, उद्यम तथा रोजगारीअन्तर्गत वनजन्य उद्यम (जडीबुटी, सिताके च्याउन, दुनाटपरी, मिनरल वाटर, पर्यापर्यटन) प्रवर्द्धन, राजमार्ग आसापास हरित उद्यम विकास, निजी तथा कवुलियती वन प्रवर्द्धन, बाँस अलैँचीलगायत बहुउपयोगी प्रजातिको विस्तार जस्ता कार्यक्रमअघि बढाइएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।  रासस