१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत

छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत
अ अ+ अ-

काठमाडौँ। वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीद्वारा आज आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले सो पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक श्रेष्ठलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

यसैगरी, गीत रचनातर्फ वरिष्ठ गीतकार डा नवराज लम्साल, सङ्गीत सिर्जनातर्फ सङ्गीतकार किरण कँडेल, गायनतर्फ गायिका विमला राईलाई जनही रु एक लाख राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरियो । गायिका सारिका घिमिरेलाई ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ प्रदान गरियो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

पुरस्कृत व्यक्तित्व डा लम्सालले गीत सभ्यता र गीतकार त्यही सभ्यताको बीज भएको उल्लेख गर्दै सुप्त अवस्थामा रहेका आफ्ना गीतलाई सङ्गीत र स्वरले ब्यूँझाइदिएर अहिलेको अवस्थामा पु¥याइदिने सङ्गीतकार तथा गायक/गायिकाप्रति आभार प्रकट गर्नुभयो ।

गुठीका सचिव एवं साहित्यका दिनेश अधिकारीले नेपाली गीतसङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका गीतकार, सङ्गीतकार र गायक÷गायिकालाई २०३९ सालदेखि गुठीले सम्मान गर्दै आइरहेको जानकारी दिनुभयो ।

हालसम्म ४० जना गीतकार, ३९ जना सङ्गीतकार, ४१ जना गायक/गायिका र ४१ जना युवा प्रतिभालाई सो पुरस्कार समर्पण गरिएको गुठीले जनाएको छ । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्तीका अवसरमा ती पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंहले कविता तथा पुरस्कृत व्यक्तित्व विमला राई र सारिका घिमिरेले साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

सो पुरस्कारबाट गायक नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, कोइलीदेवी माथेमा, गोपाल योञ्जन, दीप श्रेष्ठ, भक्तराज आचार्य, गीतकार कृष्णहरि बराल, दिनेश अधिकारी, वसन्त चौधरीलगायत सम्मानित भइसक्नुभएको छ । रासस