१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह

सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
फाइल फोटो
अ अ+ अ-

बागमती।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र मासु व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सरकारद्वारा तोकिएका मापदण्ड पालना गरेर मात्रै व्यवसाय गर्न अनुरोध गरेको छ ।

प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गर्नुभएको सूचनामा विभिन्न स्थानमा सञ्चालित मासु पसलले सरसफाइमा लापरबाही गरेको, स्वच्छ तथा स्वस्थकर मासु बिक्री वितरण नगरेका, सरकारले तोकेको न्यूनतम मापदण्डसमेत पालना नगरेको विषयमा उपभोक्ताबाट गुनासो प्राप्त भइरहेको उल्लेख गरिएको छ ।

अनुगमनका क्रममा लापरबाही देखिएको भन्दै प्रशासनले जिल्लाभित्र सञ्चालित मासु पसल व्यवसायीले तोकिएका मापदण्ड तथा सर्तहरू अनिवार्य रूपमा पालना गर्न÷गराउन आग्रह गर्दै पालना नगरिएमा पशुवधशाला तथा मासु जाँच ऐन, २०५५, पशुवधशाला तथा मासु जाँच नियमावली, २०५७, उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ मा भएको व्यवस्थाबमोजिम कारबाही गरिने प्रशासनले सूचनामार्फत जनाएको छ ।

सम्बन्धित निकायबाट कानुनबमोजिम अनुमति तथा दर्ता गरी मात्र मासु व्यवसाय सञ्चालन गर्ने, पशुवधशालाको उचित व्यवस्थापन गर्ने, रोगी, शङ्कास्पद, मरेको वा प्राकृतिक रूपमा मरेको पशुको मासु बिक्री नगर्ने, आवश्यक परेमा वधपूर्व तथा वधपश्चात् मासु परीक्षण गराउनुपर्नेलगायत सरकारद्वारा तोकिएका सर्तहरू अनिवार्य रूपमा पालना गर्न सबै व्यवसायीलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । रासस