१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल

नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल
अ अ+ अ-

 काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गर्नुभएको छ ।

नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित यस्तो टिप्पणी गर्नुभएको हो । महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको आरोप लगाउनु भयो ।

नयाँ शक्तिहरूको पतन निश्चित भएपनि उनीहरूको असफलतापछि जनमत स्वतः पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ । उहाँले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताउनु भयो । पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘आज बालेन्द्र सरकार पपुलिजम, एनार्किजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ, यो लामो समयसम्म चुनौती रहन्छ भन्ने म ठान्दिनँ । किनभने कुनैपनि शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतन पनि त्यति नै छिटो हुने सम्भावना रहन्छ । यो विज्ञानको कुरा हो । उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन्, उनीहरूको पतन पनि त्यसैगरी हुन्छ । यसमा ढुक्क हुँदा हुन्छ । तर सवाल के हो त भन्दा, उनीहरूको पतनपछिको भविष्य के हुने? त्यो भविष्य हामीले चाहेजस्तो हुन्छ कि हुँदैन, बनाउन सक्छौँ कि सक्दैनौँ । यो नै मुख्य प्रश्न हो भन्ने मलाई लाग्छ । त्यस अर्थमा म भन्दै आएको छु कि एउटा पपुलिजमको असफलतामा वा अहिलेको रास्वपा सरकारको असफलतामा जनमत स्वतः फेरि हामीतिर फर्कन्छ भन्ने कुरामा ढुक्क भएर बस्ने हो भने, त्यो नफर्कन पनि सक्छ । त्यस अर्थमा हामीले आजको युवा पुस्तातर्फ विशेष ध्यान दिनुपर्छ । हामी हाम्रा हरेक कार्यक्रमहरूमा अनुहार हेर्दा पाका अनुहार नै बढी देख्छौँ ।’

पोखरेलले पपुलिजमको असफलतापछि सिर्जना हुने राजनीतिक भविष्यलाई सही दिशा दिन राजनीतिक दलहरूले समयमै सोच्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल