१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा

पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा
अ अ+ अ-

कास्की। कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदुषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तिब्र पारेको छ ।

‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्लो दुई दिनमा मात्रै ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार बिहीबार राति १८ वटा र शुक्रवार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

विशेषगरी रातको समयमा बन्दुक पड्किएको जस्तो चर्को आवाज निकाल्ने र मोडिफाइड साइलेन्सर प्रयोग गरेर सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेको गुनासो आएपछि प्रहरीले यो अभियानलाई थप प्रभावकारी बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीकाअनुसार गत असोज २६ गतेदेखि शुरु भएको यस अभियानअन्तर्गत हालसम्म ७ सय ७३ वटा मोटरसाइकलमाथि कारबाही भइसकेको छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई अनिवार्य रूपमा सक्कली स्वरूपमा फर्काउन लगाइएको छ । यसका साथै, यातायात व्यवस्था कार्यालयमार्फत २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ ।

उहाँकाअनुसार, एउटा मात्र मोटरसाइकलले पनि सहरको ठूलो क्षेत्रलाई आतङ्कित पार्न सक्ने भएकाले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय रहनेछ । प्रहरीले यो समस्या समाधानका लागि सर्वसाधारणसँग पनि सहयोगको अपिल गरेको छ ।

आफ्नो टोल वा छिमेकमा चर्को आवाज निकाल्ने वा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा त्यसको फोटो वा नम्बर प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ । प्राप्त सूचनाका आधारमा प्रहरीले घरमै पुगेर वा यातायातको अभिलेख हेरेर भए पनि त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ ।

एसपी कार्कीले भन्नुभयो, ‘यस्ता सवारी चालकहरूमा अरूलाई त्रसित बनाएर आनन्द लिने प्रवृत्ति देखिएको छ । यो एक प्रकारको मानसिक विकृति नै हो । समाजमा शान्ति सुरक्षा खलल पु¥याउने र प्रहरीसँग वादविवाद गर्ने ३६ जना चालकमाथि त हामीले मुद्दै चलाएका छौँ ।’

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरिरहेको यो अपरेसनले पोखराको ध्वनि प्रदूषण नियन्त्रण र सडक सुरक्षामा उल्लेख्य सुधार ल्याउने विश्वास लिइएको छ । –न्युज एजेन्सी नेपाल