९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा चौकीलाई लक्षित गरी गरिएको आत्मघाती बम विष्फोटमा सुरक्षाकर्मीसहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सुरक्षा स्रोतकाअनुसार बिहीवार राति ट्याङ्क जिल्लास्थित एक सुरक्षा चौकीमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्काएर विष्फोट गराइएको थियो ।

विष्फोटमा परी नौ सैनिक, चार प्रहरी र वन विभागका एक कर्मचारीको ज्यान गएको पुष्टि भएको छ । विष्फोटका कारण सुरक्षा चौकी पूर्ण रूपमा ध्वस्त भएको छ । घटनामा २० सैनिक र चार प्रहरी गरी २४ जना घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । शक्तिशाली विष्फोटपछि भग्नावशेषमा तीन सैनिक पुरिएको आशङ्कामा उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

विष्फोटपछि सुरक्षा फौजले सो क्षेत्रमा चलाएको क्लियरेन्स अपरेसनका क्रममा तीन जना लडाकू मारिएको समेत सुरक्षा स्रोतले जनाएको छ । हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल