१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु

फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु
अ अ+ अ-

काठमाडौं।  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि एआई सीप व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आजदेखि काठमाडौंमा सुरु भएको छ।

दुईदिने कार्यशाला साउन ९ र १० गते बिहान ७:०० बजेदेखि १२:०० बजेसम्म काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा सञ्चालन भइरहेको छ। कार्यशालाको प्रायोजन पनि स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले गरेको छ।

कार्यशालामा आईटी विशेषज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन्।

कार्यशालामा फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको क्याप्सन लेखन , समाचार भिडियो निर्माण, गुणस्तरीय अडियो रेकर्डिङ, मोबाइल पत्रकारिता , एआईमार्फत फोटो तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण, एआईको नैतिक प्रयोग तथा डिजिटल पत्रकारिताको भविष्यलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिनेछ।

सहभागीहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक क्याप्सन लेखन, भिडियो स्टोरी निर्माण, अडियो रेकर्डिङ तथा एआई उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी सीप हासिल गर्नेछन्। साथै, समाचार कक्ष मा एआईको प्रयोग, उत्पादकत्व वृद्धि तथा सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण दिइनेछ।

एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले बदलिँदो सञ्चार प्रविधिसँगै फोटो पत्रकारहरूलाई एआईमैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए। उनका अनुसार आधुनिक फोटो पत्रकारितामा एआईको जिम्मेवार, नैतिक र प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता अभ्यास विकास गर्न कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एनएफपिजे नेपालका सदस्य फोटो पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यशाला साउन १० गते समापन हुनेछ।