९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन



फाइल फोटो
अ+ अ-

दाङ। ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२।०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारवाही गरेको छ ।

एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधीमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारवाही गरिएको छ ।

जिल्लामा वितेको आर्थिक वर्ष २०८२।०८३मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको अकाल मै ज्यान  गएको छ । ज्यान जानेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।ती दुर्घटनामा ६६१ सवारी साधन छन् । रासस




भर्खरै