१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर
अ अ+ अ-

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

चीनको जनमुक्ति सेना (पीएलए) स्थापना भएको ९९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले आज आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली सेना र पीएलएबीचको सम्बन्ध सुदृढ रहेको तथा निरन्तर प्रगाढ बन्दै गएको बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले दुई सेनाबीच हुने नियमित उच्चस्तरीय भ्रमण तथा आदानप्रदानले द्विपक्षीय सैनिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै संयुक्त सैनिक अभ्यासले आपसी विश्वास, समझदारी र सहकार्यलाई थप गहिरो बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नेपाली सेना र पीएलएबीचको सहकार्य अझ विस्तार भई नेपाल–चीनमैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विगत ९९ वर्षमा पीएलएले चीनको राष्ट्रिय स्वतन्त्रता, मुक्ति, सार्वभौमसत्ता, सुरक्षा तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै पीएलएको आधुनिकीकरण उल्लेखनीय रूपमा अघि बढेको उल्लेख गर्दै उहाँले त्यसले विश्व शान्तिमा समेत सकारात्मक योगदान पुर्याएको बताउनुभयो ।

राजदूत चाङले मानवीय सहायता, विपद् उद्धार तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा चीनले सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूमध्ये चीन शान्ति सैनिक योगदान गर्ने सबैभन्दा ठूलो मुलुक रहेको तथा नेपाल विश्वका प्रमुख शान्ति सैनिक योगदानकर्ता मुलुकहरूमध्ये एक रहेको बताउनुभयो ।

नेपाल र चीनबीचको मैत्री सम्बन्ध दीर्घकालीन, पारस्परिक सम्मान र समानतामा आधारित रहेको उल्लेख गर्दै उहाँले दुवै देशबीचको व्यावहारिक सहयोग तथा मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल चौ जुनले नयाँ युगको आवश्यकताअनुसार पीएलए निरन्तर आधुनिकीकरण हुँदै गएको तथा राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका हितहरूको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले चीनले नेपालसँगको सैनिक सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमण, संयुक्त अभ्यास तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

कार्यक्रममा नेपाली र चिनिया कलाकार तथा कुटनीतिज्ञहरुले बिभिन्न सांगीतिक तथा खेल प्रस्तुति दिएका थिए ।

फोटो- सुनिल शर्मा