१४ आश्विन २०८१, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाथ बालबालिकालाई शैक्षिक सामग्री



अ+ अ-

डडेल्धुरा । अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेदास्थ अनाथालयमा रहेका बालबालिकालाई स्टेशनरी र खेलकूद सामग्री वितरण गरिएको छ ।

अनाथालयका बालबालिकालाई एक शैक्षिकसत्रसम्म पुग्ने गरी कापी, कलम, पेनसिल, सामान्य ज्ञान, नेपाली तथा अङ्ग्रेजी व्याकरण र खेलकूद अन्तर्गत भलिबल, नेट, पम्पलगायतका सामग्री वितरण गरिएको सन नेपाल इन्स्योरेन्स कार्यालयका क्षेत्रीय प्रबन्धक दीपेन्द्र साहले जानकारी दिनुभयो ।

सो कम्पनी जीवन बीमासँगैं सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्देश्यसाथ स्थापना भएको उहाँले बताउनुभयो । डडेल्धुरामा स्थापना भएको सो संस्थाले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा रचनात्मक कामसँगै सामाजिक उत्तरदायित्व निर्वाह हुने खालका काम गर्दे आइरहेको जानकारी दिँदै अनाथ बालबािलकालाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।

अनाथालय सञ्चालन गरिहेका युवा समाजसेवी जीत ताम्राकारले शैक्षिक र खेलकूद सामग्री हस्तान्तरणले निकै राहत पुगेको बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक र खेलकूद सामग्री हस्तान्त्ररण गरेर उदाहरणीय काम गरेको उहाँले बताउनुभयो