काठमाडाैँ । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा शुक्रवारदेखि सातौं राष्ट्रिय सेमिनार काठमाडौंमम शुरु भएको छ ।
त्रिपुरेश्वरको दशरथ रंगशालास्थित राष्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रीय प्रशिक्षण केन्द्रमा तीन दिने प्रशिक्षण शुरु भएको हो । संघका रेफ्री चेयरम्यान हरि बुढाथोकी र संघका महासचिव तथा सिनियर रेफ्री राकेशकुमार राईले प्रशिक्षण दिँदैछन् । राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष महेश्वर फुयालको अध्यक्षतामा भएको तीन दिने रेफ्री सेमिनारको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठले उद्घाटन गरेका थिए ।
सो अवसरमा उपाध्यक्षमा श्रेष्ठले तेक्वान्दो संघ पनि समानान्तर रूपमा दुई वटा रहेको र अब यो समस्या समाधान गर्नका लागि चाडै कदम चालिने बताएका थिए । राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष फुयालले राखेप खेलकुद क्षेत्रको अभिभावक हुनुपर्ने भए पनि आफ्नो संघले भेदभावपूर्ण व्यवहार गरिरहेकोे बताएका थिए ।
राखेपका कार्यकारी बोर्ड सदस्य शिका सुवालले पनि जति पनि खेलकुदमा दुई वा सोभन्दा बढि रहेको संघलाई एक गरेर लाने बताएकी थिइन् । तीनदिने प्रशिक्षणमा क्योरोगी सेमिनार, रेफ्रि रेफिसर कोर्स, पोमसाइ रेफ्री सेमिनार र पोमसाइ रेफ्री रेफिसर कोर्सको प्रशिक्षण हुने संघका महासचिव राकेश कुमार राईले बताए । विश्व तेक्वान्दो (डब्लुटी) ले पछिल्लो समय अपडेट गरेको नियमबारे प्रशिक्षार्थीलाई प्रशिक्षण दिने संघका महासचिव राईले जानकारी दिए । उक्त सेमिनारमा एक सय ३१ प्रशिक्षार्थीले प्रशिक्षण लिँदैछन् । २०६८ सालमा राखेपमा दर्तामा भएको राष्ट्रिय तेक्वान्दो संघ विवादका कारण २०८१ सालदेखि नवीकरण हुन सकेको छैन ।











