८ श्रावण २०८३, शुक्रबार
,
Latest
दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार



अ+ अ-

काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।

गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनको हवाई उद्धार गरिएको हो।

मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली मा भर्ना गरिएको छ।

दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।