१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै

झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
अ अ+ अ-

काठमाडाैँ । झापा जिल्ला कारागार भद्रपुरमा क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । कारागारको क्षमता ७५० जना रहे पनि हाल एक हजार ५८५ जना कैदीबन्दी छन् । कारागार प्रशासन प्रमुख रेवन्त भट्टराईका अनुसार हाल कारागारमा ९९९ जना कैदी तथा मुद्दाको पुर्पक्षका क्रममा रहेका ५८६ जना थुनुवा रहेको कारागार प्रशासन प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

त्यसमध्ये ७८ जना महिला छन् । भद्रपुर कारागारमा विदेशी नागरिकको सङ्ख्या पनि उल्लेखनीय रहेको छ । प्रशासनको विवरणअनुसार हाल १४७ जना विदेशी नागरिक कारागारमा रहेका छन्, जसमा भारतका ११८ जना र भुटानका २९ जना छन् । क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा दैनिक व्यवस्थापनमा चुनौती रहेको बताउँदै उहाँले भन्नुभयो, “सीमित स्रोतसाधन र क्षमताबीच पनि व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सुधारका कामलाई निरन्तर अघि बढाउने प्रयास गरिरहेका छौँ ।”

भौतिक संरचना साँघुरो र कैदीबन्दीको अत्यधिक चापका कारण फोहोरमैला तथा ढल व्यवस्थापनमा पनि समस्या भएको छ । कारागारबाट निस्कने फोहोर र ढलका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएपछि स्थानीयले कारागारलाई सहर बाहिर स्थानान्तरण गर्न माग हुँदैआएको छ । प्रमुख भट्टराईका अनुसार भद्रपुर-१० स्थित कोशी प्रदेश प्रशिक्षण केन्द्र नजिक आफनै १० बिघा जमिनमा नयाँ भवन निर्माण गर्न नापी कार्यालय झापालाई जग्गा नापजाँचका लागि पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख भट्टराई भन्नुभयो, “नयाँ भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य चाँडै अघि बढाउने योजना छ ।” सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नयाँ कारागार भवन निर्माणका लागि पहिलो चरणमा रु एक करोड ७५ लाख बजेट विनियोजन भइसकेको छ ।