५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान र एमडिएफनेपालबीच अनुदान सहयोग सम्झौतामा हस्ताक्षर



अ+ अ-

काठानडौं । जापान र मस्कुलर डिस्ट्रफी फाउन्डेशन नेपाल (एमडिएफनेपाल)बीच मंगलबार अनुदान सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले मस्कुलर डिस्ट्रफी रोगबाट पीडितहरूका लागि पुनर्स्थापना केन्द्र निर्माण गर्ने उदेश्यले एक करोड रूपैयाँ बराबरको अनुदान सहयोग सम्झौतामा आज हस्ताक्षर गरेका हुन्।

पुनर्स्थापना केन्द्रको निर्माण एमडिएफ नेपालले काठमाडौंमा गर्नेछ। एमडीएफ नेपालको स्थापना मस्कुलर डिस्ट्रफीका कारण आफ्ना सन्तान गुमाएका अभिभावकहरूले सन् २ हजार ३ मा गरेका थिए।

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) अन्तर्गतको उक्त अनुदान सहयोगले नेपालका मस्कुलर डिस्ट्रफी रोगीहरूको स्वास्थ्य सेवाको अवस्थामा सुधार ल्याउने अपेक्षा राजदूत साइगोले व्यक्त गरे। यो परियोजनाले जापान र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप मजबूत बनाउने विश्वास लिएको जापानी दूतावासले जनाएको छ।