१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण

विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण
अ अ+ अ-

काठमाडाैँ । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिले आफ्ना सदस्यहरूका लागि आयोजना गर्ने अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै सञ्चालन गर्ने भएको छ ।

समितिको शुक्रवार बसेको बैठकमा सभापति कृष्णबहादुर रोकायले आर्थिक स्रोतको अभाव र मितव्ययितालाई ध्यानमा राख्दै बाहिर जानुको सट्टा संसदकै हलहरू प्रयोग गरिने जानकारी दिनुभयो । बैठकमा केही सदस्यहरूले फ्रेस हुने र नयाँ वातावरणमा छलफल गर्ने उद्देश्यले सिंहदरवार बाहिर कार्यक्रम गर्न सुझाव दिएका थिए ।

समितिले हालै दुईवटा उपसमिति गठन गरेको छ । कानून मापन र अन्तर–विधायी सम्बन्ध उपसमिति छन् । यी उपसमितिका सदस्यहरूलाई कार्यक्षेत्रका बारेमा स्पष्ट पार्न र कानून मापनको आवश्यकता, आधार तथा प्रक्रियाबारे विज्ञहरूबाट जानकारी गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सभापति रोकायले बताउनु भयो ।

सभापति रोकायकाअनुसार समितिले विज्ञहरूलाई दिने पारिश्रमिकको विषयमा पनि स्पष्ट पारेको छ । हालको मापदण्डअनुसार विज्ञलाई प्रतिसेसन ५ हजार रुपैयाँ मात्र उपलब्ध गराउन सकिने र छुट्टै बजेट नभएकाले पनि बाहिर कार्यक्रम गर्न सम्भव नभएको रोकायको भनाइ छ । –न्युज एजेन्सी नेपाल