१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा

कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा
अ अ+ अ-

काठमाडाैँ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य शुरु भएको हो । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले यस सेवाको शुरुवातसँगै नेपालको वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

रेल्वे कार्गो सञ्चालनमा आएसँगै व्यापार लागत घट्ने, ढुवानी प्रक्रिया थप सुरक्षित र भरपर्दो हुने तथा आयातित वस्तुहरू कम समयमै गन्तव्यसम्म आइपुग्ने उहाँले जानकारी दिनुभयो । यसअघि सडक मार्गबाट ढुवानी गर्दा नेपाली आयातकर्ताहरूले व्यहोर्नुपरेको विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार अब उल्लेख्य रूपमा कम हुने मन्त्रालयको ठहर छ । यस प्रक्रियाले समग्र व्यापार पारवहन लागत न्युनिकरण गर्दै व्यापार सहजीकरणमा ठोस मद्दत पुग्ने प्रवक्ता क्षेत्रीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान भारतीय भूमि हुँदै नेपालको सीमासम्म ढुवानी गर्ने उद्देश्यले कोलकाता–विराटनगर रेलवे कार्गो सेवा २०८३ साउन १ गतेदेखि सञ्चालनमा आएको छ । यस सेवा सञ्चालनमा आएपछि व्यापार लागत घट्ने, ढुवानी थप सुरक्षित, भरपर्दो र छिटो हुने अपेक्षा गरिएको छ । साथै, ढुवानीका क्रममा नेपाली आयातकर्ताले बेहोर्दै आएको विलम्ब शुल्क,कन्टेनर डिटेन्सन शुल्क तथा सडक ढुवानीसम्बन्धी अतिरिक्त खर्चमा कमी आउनेछ । यसबाट समग्र व्यापार तथा पारवहन लागत उल्लेखनीय रूपमा न्यूनीकरण भई व्यापार सहजीकरणमा टेवा पुग्ने र नेपाली उद्योगीहरूको प्रतिष्पर्धात्मक क्षमता थप सुदृढ हुने विश्वास गरिएको छ ।

ढुवानी सेवामा हुने सुधारले नेपाली उद्योगीहरूको प्रतिष्पर्धात्मक क्षमतालाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा समेत परराष्ट्र मन्त्रालयले लिएको छ ।