१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना

राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना
अ अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले राष्ट्रिय सभाको गरिमा अभिवृद्धि र संसदीय समितिहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद ढुंगानाले सिक्ने प्रक्रिया जीवनभर चलिरहने उल्लेख गर्दै यस्ता कार्यक्रमले सांसदहरूको क्षमता विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रिय सभालाई कसरी अनुशासित ढंगले अगाडि बढाउने र समितिका प्रतिवेदनहरूलाई कसरी गुणस्तरीय एवं प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल र सिकाइको आवश्यकता रहेको बताउनु भयो ।

सांसद ढुंगानाले भन्नुभयो,‘ज्ञान हुनु एउटा पक्ष हो तर त्यसलाई प्रस्तुत गर्ने शैली र कला अर्को महत्वपूर्ण पक्ष हो । धेरै विद्वानहरू भएपनि सबैमा प्रश्तुत गर्ने दक्षता नहुन सक्छ । त्यसैले विज्ञहरूको अनुभवबाट सिक्नु हाम्रा लागि फलदायी हुन्छ ।’

ढुंगानाले विज्ञहरूको छनोट गरी कार्यक्रम सञ्चालन गर्दा संसदीय समितिहरूको काममा थप निखार आउने बताउनु भयो । –न्युज एजेन्सी नेपाल