८ श्रावण २०८३, शुक्रबार
,
Latest
कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने: मन्त्री… झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले सामाजिक सञ्जालमा भाइरल भएको मोटरसाइकल चढेको भिडियोबारे स्पष्टीकरण दिँदै ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको र त्यही उत्साह तथा रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको बताएका छन्। उक्त क्रममा आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको कुरा आफैंले महसुस गरेको उनले उल्लेख गरेका छन्।

गुप्ताले भविष्यमा आफ्नो जोश, ऊर्जा र प्रतिबद्धता देश तथा जनताको हितमा समर्पित गर्ने बताएका छन्। साथै, आफूबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दै यस्ता गतिविधिप्रति सचेत रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सांसद गुप्ताको उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि ट्राफिक नियम पालना र सार्वजनिक पदमा रहेका व्यक्तिको जिम्मेवारीबारे विभिन्न टिप्पणीहरू भइरहेका छन्।