७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण



अ+ अ-

काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको छ । वितरणका लागि कार्यालयमा कूल २० हजार ६९ बोरा युरिया मल प्राप्त भएकोमा १७ हजार ४७७ बोरा वितरण भई आवको अन्त्यमा दुई हजार ६७५ बोरा मौज्दात बाँकी रहेको कार्यालय प्रमुख मधुसुदन अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै कार्यालयमा अघिल्लो आवमा २१ हजार ४३५ बोरा डिएपी मल प्राप्त भएकोमा शतप्रतिशत नै वितरण भएको उहाँले बताउनुभयो । कृषि मलअन्तर्गत पोटास तीन हजार १०४ बोरा प्राप्त भएकोमा दुई हजार ९९० बोरा वितरण भई आवको अन्त्यमा ११४ बोरा मौज्दात बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वितरण गरिने मल प्रत्येक बोरामा ५० किलोग्राम रहेको हुन्छ ।

जिल्लामा कृषि मल वितरणको जिम्मा कृषि सामग्री कम्पनी लि र साल्ट ट्रेडिङ कर्पोरेशनलाई हुने गरेकोमा कूल वितरण हुने मल मध्ये ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

मकवानपुरमा सबै मौसममा विभिन्न खेतीहरू लगाइने भएकाले कृषि मलको माग बढ्दो क्रममा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कार्यालयमार्फत वितरण हुने मल विभिन्न ८९ वटा कृषि सहकारी एवं संस्थामार्फत किसानसँग पुग्ने गरेको छ । रासस