२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन मेडिकल कलेजमा पढ्नेका अभिभावक रसिद लिन जाने



अ+ अ-

काठमाडौं । चितवन मेडिकल कलेजमा पढिरहेका विद्यार्थीका सामूहिक रूपमा कलेजमा जाने भएका छन्। मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको रसिद लिन जाने भएका हुन् ।

मंगलबार भएको अभिभावकको भेलाले अभिभावक संघर्ष समिति बनाउने निर्णय गर्दै असोज ११ गते विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्कको रसिद लिन कलेजमा जाने र नदिए थप संघर्ष गर्ने निर्णय गरेको हो।

अभिभावकको भेलाले गृह र शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयले तोकिएको भन्दा अतिरिक्त शुल्क समायोजन वा फिर्ता गराउने गरेको निर्णयको कार्यान्वयनका लागि पनि दबाब दिने निर्णय गरेको छ।

चितवन मेडिकल कलेजले विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी पैसा असुलेको भन्दै विद्यार्थी आन्दोलित भएका थिए।

कलेजहरूले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्कको रसिद नदिएकाले समस्या देखिएको छ।