६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु



फाइल फोटो
अ+ अ-

पर्सा। वीरगञ्जस्थित घण्टाघरदेखि अलखियामठसम्मको खण्डमा बाँकी रहेका संरचना आजदेखि हटाउन पुनः सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय, हेटौँडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडक घण्टाघर–अलखियामठ खण्डलाई विस्तार अभियान पुनः प्राथमिकताका साथ सुरु भएको हो ।

गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन अभियान केही दिनका लागि स्थगित गरिएको सडक विस्तार पुनः सुरु गरिएको डिभिजन कार्यालयका इन्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले वीरगञ्जको घण्टाघर क्षेत्रको सडकमा अहिले सात वटामध्ये पाँच वटा डोजरले काम गरिरहेको जानकारी दिँदै घण्टाघर नजिकैका सात किलो मिटरभित्रका ६०० जति घर भत्काइएको बताउनुभयो । उहाँले अब यस क्षेत्रको सडक विस्तार अभियान निरन्तर सञ्चालन हुने पनि बताउनुभयो ।

वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले गत वैशाख ६ गतेदेखि अभियानलाई सक्रिय रूपमा अघि बढाउँदै पहिलो चरणमा मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० संरचनाको अगाडिको भाग डोजर प्रयोग गरी हटाइएको थियो ।

डिभिजन कार्यालयले यही साउन २ गते सूचना जारी गरी  डिभिजनअन्तर्गत त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडकखण्डमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर सडक सीमा संरक्षण कार्य सञ्चालन भइरहेको जनाउँदै उक्त क्षेत्रभित्र रहेका पसल वा अन्य संरचना तुरुन्त खाली गर्न हुन, घरभित्र कोही नबस्न हुन, घरभित्र रहेका सामान हटाउन अनुरोध गरेको थियो ।

कार्यालयले सूचनामार्फत होटल, लज र अतिथि गृहमा पाहुना नराख्न हुन सम्बन्धित सबैमा जानकारी पनि गराएको थियो । रासस