२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित ‘ग्रीन रन’ को शुभारम्भ गर्नुभएको छ।

‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित कांग्रेसले आयोजना गरेको ग्रीन रनमार्फत जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको जनाएको छ।

कांग्रेसका अनुसार, जननायक बीपी कोइरालाले प्रधानमन्त्री रहँदा वनको राष्ट्रियकरण गर्ने ऐतिहासिक निर्णय गराउनुभएको थियो, जुन आजको वातावरणीय संकटका बेला दूरदर्शी कदमका रूपमा स्थापित भएको छ। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (SDGs) ले पनि जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिएकाले बीपीको दूरदृष्टिलाई वर्तमान सन्दर्भसँग जोडेर कार्यक्रम आयोजना गरिएको हो।

बिहान ६ बजेदेखि ललितपुरस्थित यूएन पार्कबाट सुरु भएको ५ किलोमिटर प्रतिस्पर्धात्मक ग्रीन रन यूएन पार्क–बागमती करिडोर–थापाथली पुल–गुसिंगाल–सानेपा कालोपुल–सानेपा चोक–पुरानो शान्तभवन–सानेपा बिगमार्ट–ठाडो ढुंगा–सरस्वती मन्दिर–भनिमण्डल हुँदै जावलाखेलमा पुगेर सम्पन्न हुनेछ।

यस्तै, अप्रतिस्पर्धात्मक २.५ किलोमिटर दौड यूएन पार्क–बागमती करिडोर–कुपण्डोल–पुल्चोक हुँदै जावलाखेलसम्म सञ्चालन गरिएको छ।

कांग्रेसले ग्रीन रनमा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको कोषबाट जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा सहयोग गरिने बताइएको छ।

प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने विजेताले क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गर्नेले क्रमशः रु. १२ हजार, रु. १० हजार र रु. ८ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

यसै अवसरमा २० भन्दा बढी चर्चित कलाकारहरूको सहभागितामा जलवायु संकटको गम्भीरता झल्काउने कला प्रदर्शनी पनि आयोजना गरिएको छ। प्रदर्शनीको उद्घाटन कांग्रेस सभापति गगनकुमार थापाले क्यानभासमा स्केच बनाएर गर्नुभएको छ।