२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारी रोक्न प्रदेश सरकारको नारी जागरण अभियान पोखराले गरायो ध्यानाकर्षण



अ+ अ-

चिप्लेढुङ्गा । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ । पर्वहरुलाई विकृतिरहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

अभियानका संयोजक अञ्जु केसीले चाडपर्वको नाममा हुने कालोबजारी, सार्वजनिक यातायातको दोब्बर भाडादर, गुणस्तरहीन उपभोग्य वस्तुहरु, चोरी डकैती, हत्या, हिंसालगायतका सामाजिक विकृति नियन्त्रणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री चुमानले नागरिकस्तरबाट सरकारलाई ध्यानाकर्षण गराएकामा नारी जागरण अभियानलाई धन्यवाद दिदैं पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउनका लागि सरकार गम्भीर रहेको बताए ।

उनले सचेत नागरिकबाट सभ्य समाज निर्माण हुने भन्दै सरकारसँगै नागरिकले आफ्नो कर्तव्य पालना गर्न सके सामाजिक सहिष्णुता कायम हुने बताए । “एकले आफ्नो स्वतन्त्रताको उपभोग गरिरहँदा अर्कोले आफ्नो अधिकार हनन भएको महसुस गर्ने वातावरण हुनुहुँदैन”, मन्त्री चुमानले भने ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले शान्ति सुरक्षा, अस्वभाविक मूल्यवृद्धि र कालोबजारी न्यूनीकरणका लागि स्थानीय प्रशासन इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालन गर्ने विश्वास व्यक्त गरे ।