७ असार २०८३, आईतवार
,
Latest
नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई निजी मेडिकल कलेज चलाउन अनेरास्ववियुको माग



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ विद्यार्थी संगठन अनेरास्ववियुले निजी मेडिकल कलेज पनि राज्यले सञ्चालन गर्नुपर्ने माग गरेको छ । बिहीबार संयोजक ऐन महरले एक विज्ञप्ति जारी गर्दै ‘निजी मेडिकल कलेजहरूले साँचो बुझाउने हो भने सरकारले नै चलाउनुपर्ने’ उल्लेख गरेको हो।

अनेरास्ववियुले मेडिकल कलेज सञ्चालकहरूलाई विद्यार्थीबाट लिइएको पैसा फिर्ता गर्न आग्रह पनि गरेको छ।

‘अनेक घुर्की, धम्की र वितण्डा मच्चाउन छाडेर सरकारको अग्रसरतामा भएको वार्ता र निर्णय बमोजिम बढी पैसा फिर्ता गरी तत्काल भर्ना प्रक्रिया अघि बढाउन कलेजहरूलाई आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

साथै राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४१ को उपदफा २ बमोजिम शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने विज्ञप्तिमा भनिएको छ।




भर्खरै