५ श्रावण २०८३, मंगलवार
,
Latest
डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. परियार



अ+ अ-

काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त हुनु भएको छ । अस्पतालमा रिक्त कार्यकारी निर्देशकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  डा.परियारलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

अस्पतालमा रिक्त कार्यकारी निर्देशकमा नियुक्तिका लागि मन्त्रालयले असार ५ गते सूचना प्रकाशित गरेको थियो ।

उक्त सूचनाबमोजिम आवेदन दिनेमध्येबाट सिफारिस समितिको साउन ३ गतेको मूल्यांकन सिफारिस एवं अस्पताल विकास समितिको साउन ४ गतेको निर्णय बमोजिम उनलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

‘सिफारिस समितिले सिफारिस गरेको योग्यताक्रमको पहिलो नम्बरमा रहेका प्रा। डा। जितेन्द्र परियारलाई उक्त अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले सूचनामा भनेको छ ।