२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन



अ+ अ-

नेपालगञ्ज। नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

सो अभियानका क्रममा फिल्ड निरीक्षण गर्दा १९ थान बेवारिसे मिटर फेला पारिएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले जानकारी दिनुभयो । उहाँका अनुसार खजुरा गाउँपालिकाका ग्रामीण क्षेत्रमा १४ र नेपालगञ्ज उपमहानगरपालिकामा पाँच थान बेवारिसे मिटर फेला परेको छ ।

बेवारिसे मिटरबाट करिब तीन लाख हजार युनिट बराबरको विद्युत् खपत पहिचान गरी त्यसलाई राजस्व दायरामा ल्याइ लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको प्रमुख मिश्राले बताउनुभयो । उहाँले भन्नुभयो, “केही ग्राहकले कार्यालयमा आएर रकम बुझाउनुभएको छ, केही बुझाउने प्रक्रियामा हुनुहुन्छ ।”

विभिन्न स्थानका घर र खेतमा मिटर नजोडी विद्युत् उपभोग गरिएको पाइएको जानकारी दिँदै प्रमुख मिश्राले चुवाहट नियन्त्रण कार्यक्रम प्रभावकारी हुँदा विद्युत चुवाहटमा कमी आउनुका साथै राजश्व सङ्कलन समेत वृद्धि भएको बताउनुभयो । उपवितरण केन्द्र खजुराका इन्चार्ज दिनेश वली नेतृत्वको टोली गाउँ–गाउँ पुगेर स्थलगत निरीक्षण, मिटर परीक्षण, विद्युत् प्रयोगको अनुगमन तथा सेवा सुधारका कार्य गरिरहेको उहाँले बताउनुभयो ।

मिटरमा स्वीकृत क्षमता पाँच एएमपी मात्र भएका तर नियमविपरीत १६ एएमपी, १५ एमपी र ३२ एएमपी सम्मका एमसिवी प्रयोग गरिरहेका ७४३ ग्राहकको डिमान्ड चुहावट नियन्त्रण गरिएको वलीले जानकारी दिनुभयो । ती ग्राहकबाट प्राधिकरणको प्रचलित नियमअनुसार आवश्यक रकम असुली गर्ने प्रक्रिया अगाडि बढाइएको वितरण केन्द्रले जनाएको छ ।

चुहावट नियन्त्रण अभियानसँगै ग्राहकलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले फिल्डमै पुगेर ग्राहकका गुनासा तथा विद्युत् आपूर्तिसम्बन्धी समस्याको स्थलगत रूपमा समाधान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । इन्चार्ज वलीले आवाजविहीन तथा पहुँचबाहिर रहेका ग्राहकको समस्या पहिचान गरी धेरै स्थानमा तत्काल समाधान गरिएको बताउनुभयो ।

आवश्यकता भएका स्थानमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता अभिवृद्धि तथा नयाँ लाइन विस्तारका कार्य तीव्र गतिमा सञ्चालन भइरहेका छन् । रासस