७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा कमी ल्याउन सन्देशमूलक सडक होर्डिङबोर्ड जडान



अ+ अ-

डडेल्धुरा । डडेल्धुरामा ट्राफिक चेतना अभिवृद्धिका लागि डडेल्धुरास्थित भिमदत्त राजमार्गमा ‘सडक र बूडर–जोगबूडा सडकखण्डमा होर्डिङबोर्ड’ जडान गरिएको छ । आलिताल गाउँपालिका डडेल्धुराको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको सौजन्यमा दुई राजमार्गमा १६ वटा सडक होर्डिङबोर्ड जडान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिनुभयो ।

होर्डिङबोर्डले सडक दुर्घटना न्यूनीकरण हुनुका साथै गाडी चालक तथा यात्रुहरुको ट्राफिक चेतनामा वृद्धि हुने अपेक्षा गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तातरण गरिएको आलिताल गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

अति जोखिमपूर्ण राजमार्ग रहेकाले अलिताल गाउँपालिकाद्वारा उक्त होर्डिङबोर्ड माग गरी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताउनुभयो । डडेल्धुराको भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकासँग पनि होर्डिङबोर्ड जडानका लागि छलफल चलिरहेको उहाँको भनाइ थियो । यसअघि गन्यापधुरा गाउँपालिकाले छ वटा होर्डिङबोर्डमा सन्देशमूलक सूचना समावेश राखिसकेको छ ।

डडेल्धुराको भीमदत्त राजमार्ग सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको मुख्य राजमार्ग हो भने बूडर–जोगबूडासडकखण्ड डडेल्धुरा जिल्लाको आधा जनसङ्ख्या भएको भित्री मधेश क्षेत्रमा पर्ने सडक हो । भीमदत्त राजमार्ग डोटी, बाजुरा, अछाम र डडेल्धुरा जिल्लाको मुख्य आवतजावत पर्ने राजमार्ग हो ।

उक्त दुवै राजमार्ग धेरै दुर्घटना हुने राजमार्ग मध्येको हो ।
उक्त राजमार्गमा सबैको जनचेतनाकालागि गाउँपालिकाको आर्थिक सहयोगमा ट्राफिक चिन्ह होर्डिङबोर्ड राखिएको गाउँपालिका डडेल्धुराका अध्यक्ष गुरुङले बताउनुभयो ।

भीमदत्त राजमार्ग र बूडर–जोगबुडा सडकखण्डमा गत आर्थिक वर्ष २०७५÷७६ मा दुर्घटनामा परी ३५ ले ज्यान गुमाएका छन् जसमध्ये २७ पुरुष, आठ महिला रहेका छन् । ३३ गम्भीर घाइते र ९६ सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । यस आर्थिक वर्ष २०७६÷७७ साउन र भदौमा दुर्घटनामा परी तीनको मृत्यु भएको छ जसमध्ये पाँच घाइते भएको प्रहरी नायब निरीक्षक खत्रीले जानकारी दिनुभयो ।




भर्खरै