१ श्रावण २०८३, शुक्रबार
,
Latest
नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग एक वर्षमा २२ गैँडा मरे उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा. वाग्ले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफलः स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह



अ+ अ-

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथाबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनार्थ सङ्घीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो ।

संसद् सचिवालयका उपसचिव अधिराज राईले सांसदहरूले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।