१ श्रावण २०८३, शुक्रबार
,
Latest
सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा. वाग्ले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफलः स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने पाैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा नेपालमा भिलको विस्तार: प्रविधिमार्फत क्रिएटर र ब्रान्डलाई जोड्दै ओलीको आरोपः सरकारले कानून उल्लंघन र अराजकताको नेतृत्व गरिरहेको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भिलको विस्तार: प्रविधिमार्फत क्रिएटर र ब्रान्डलाई जोड्दै



अ+ अ-

काठमाडौं ।कन्टेन्ट क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई जोड्ने प्रविधिमुखी कम्पनी भिलले नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको छ । काठमाडौंको महाराजगंजस्थित भिलको कार्यालयमा बिहिबार एक कार्यक्रम गरी दुई देशमा औपचारिक रुपमा सेवा सुरु गरिएको हो ।

अमेरिकन कम्पनी भिलले गत वर्ष नै काठमाडौंमा नयाँ कार्यालय तथा नयाँ उत्पादन र सुविधाहरू सार्वजनिक गरेको थियो । यो प्लेटफर्मले क्रिएटरहरूको नाफा, उत्पादनशीलता र विश्वव्यापी पहुँच दुवै बढाउने लक्ष्य राखेको छ। भीलले हाल अमेरिका र नेपालमा रोजगारी सिर्जना गरिरहेको छ र निकट भविष्यमा अझ विस्तार गर्ने योजना रहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले जानकारी दिनुभयो ।

उहाँका भन्नुभयो भिलले कन्टेन्ट क्रिएटरहरूलाई विश्वका प्रमुख ब्रान्डहरूसँग जोड्छ । क्रिएटर तथा अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने उपकरणहरू प्रदान गर्छ। यसबाट युवा पुस्ताका लागि नयाँ अवसर सृजना गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले अमेरिकी उद्यमशीलता र नेपाली दक्षताको सहकार्यबाट रोजगारी सिर्जना, व्यावसायिक सम्बन्ध विस्तार, डिजिटल व्यापार प्रवर्द्धन तथा क्षेत्रीय स्तरमा क्रिएटर र व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्ने दूतावासको विश्वास रहेको बताउनु भयो ।

कार्यक्रममा अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) का बोर्ड सदस्य,डा. मनिष थापाले क्रिएटरहरूलाई अझ उत्पादनशील र लाभदायी बन्न मद्दत गर्ने, र नेपालमा निजी क्षेत्रद्वारा सञ्चालित आर्थिक वृद्धिमा पनि योगदान पुर्‍याउँने बताउनु भयो ।

हाल भिलमा ४५० ब्रान्ड र ५५० कन्टेन्ट क्रियटर जोडिएका छन् । सुरुवाती चरणमा नेपालका प्रयोगकर्ताका लागि ७० देखि ८० प्रतिशतसम्म र भारतका लागि ५० प्रतिशतसम्म छुटको समेत घोषणा गरिएको छ । यसका साथै भिलले नेपालमा आफ्ना क्रिएटरहरूलाई भुक्तानी उपलब्ध गराउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरिसकेको छ ।

भिल प्लेटफर्म प्रयोगकर्ताले प्लेटफर्मभित्रै लाइसेन्स प्राप्त अडियो सामग्री प्रयोग गरी भिडियो निर्माण गर्न, सामाजिक सञ्जालमा वितरण गर्न तथा विश्वव्यापी रूपमा मुद्रीकरण गर्न सक्नेछन्। कम्पनीहरूका अनुसार इपिडेमिक साउन्डको पूर्ण स्वामित्वमा रहेको संगीत क्याटलगले क्रिएटर र ब्रान्डलाई कपीराइट दाबी वा सामग्री हटाइने जोखिमबिना डिजिटल प्लेटफर्ममा सामग्री प्रकाशित गर्न सहयोग गर्ने बताइएको छ।