१ श्रावण २०८३, शुक्रबार
,
Latest
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा. वाग्ले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफलः स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने पाैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा नेपालमा भिलको विस्तार: प्रविधिमार्फत क्रिएटर र ब्रान्डलाई जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा आदिकवि भानुभक्तको शालिक अनावरण



अ+ अ-

काठमाडौ । अमेरिकाको क्यालिफोर्निया राज्यको रिचमण्ड सिटीमा आदिकवि भानुभक्त आचार्यको शालिक अनाबरण गरिएको छ ।

रिचमण्ड सिटीमा स्थित नेपालीहरूको आफ्नै सामुदायिक केन्द्र  (दूर्गा मन्दिर) को हातामा २१३ औं भानु जयन्तीका दिन रिचमण्डका मेयर र महाकाव्यकार नवराज लम्सालले संयुक्त रूपमा शालिक अनाबरण गर्नुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज परिवारको समेत सहभागीता रहेको समारोहमा ब्राम्हणद्वारा स्वस्तिवाचन सहित रामायणको श्लोक वाचन गरिएको थियो ।

बाबु आचार्यको अध्यक्षतामा भएको सो समारोहमा हरक्यूलिस सिटीका भावी मेयर डिल्लि भट्टराई,साउदर्न कमिटी यलेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रतिनिधिहरू,नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष प्रितेश कार्की ,लगायत लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागीता रहेको थियो ।

दर्जनौं कविहरूले कविता वाचन गरेका सो समारोहमा सगरमाथा आरोहीहरू र लामों समय देखि नेपाली भाषा र साहित्य सेवामा देश परदेशमा समेत साधनारत भानु शालिक स्थापना समितिका लोककवि सुरेश कुमार भट्ट र प्रा धर्मराज कोईराला  (अ ने सा स ट्रस्टी) लाई दोसल्ला सहित सम्मान गरिएको थियो।

संस्थाका महासचिव नारायण भट्टराई र उपाध्यक्ष दिपक पाठकले संचालन गर्नुभएको कार्यक्रममा प्रतियोगितात्मक कविता सम्मेलन समेत आयोजना गरिएको थियो ।