३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट

बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट
अ+ अ-

काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’प्रणाली लागू गर्ने तयारी गरेको जनाएको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजार बढ्दा मात्रै होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न यो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभयो।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले नेपालको शेयर बजार सधैं बढिरहनुपर्ने भन्ने एकपक्षीय सोच परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले संसारका कुनै पनि देशको पुँजीबजार निरन्तर उकालो मात्र नलाग्ने उल्लेख गर्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब सिर्जना हुने गरेको गुनासो गर्नुभयो।

उहाँका अनुसार धितोपत्र बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष र प्रतिस्पर्धी लगानी वातावरण सुनिश्चित गर्नु हो। लगानीकर्ताले आफ्नो अध्ययन, विश्लेषण र जोखिम मूल्यांकनका आधारमा निर्णय गर्नुपर्ने उहाँको भनाइ थियो।

अध्यक्ष भट्टले सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गरेका लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्ने र मूल्य घटेपछि सोही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा आर्जन गर्न सक्ने व्यवस्था हुने बताउनुभयो। त्यसैगरी बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले हालकै जस्तै शेयर खरिद गरी मूल्य बढेपछि बिक्री गरेर प्रतिफल लिन सक्नेछन्।

उहाँले हाल बजारमा सबै लगानीकर्ता एउटै दिशामा रहेकाले बजार जसरी पनि बढ्नुपर्ने मनोविज्ञान विकसित भएको उल्लेख गर्दै सर्ट सेलिङ लागू भएपछि बजार बढ्ने र घट्ने दुवै अवस्थाबाट प्रतिफल लिन सकिने भएकाले लगानीकर्ताको सोचमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। यसले बजारमा देखिने अनावश्यक आन्दोलन तथा दबाबको अवस्था पनि अन्त्य हुने उहाँको दाबी छ।

बैठकमा अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था पनि ल्याइने जानकारी दिनुभयो। सम्पत्ति छानबिनलगायत सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल कमजोर भएको भन्ने गुनासो आएको उल्लेख गर्दै उहाँले यस्ता विषयमा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गरिने बताउनुभयो।

उहाँले नेपालको पुँजीबजारलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन हालै ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरिएको जानकारी दिनुभयो। साथै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पुँजीबजार नीति पनि सार्वजनिक गरिएको उल्लेख गर्दै सोही नीतिअनुसार बजार सुधारका कार्यक्रम अघि बढाइने बताउनुभयो।