४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु

दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
अ+ अ-

काठमाडाैँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कानुनमै व्यवस्था हुने गरी छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।

महासंघले मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सम्बोधन गरिएको सवारी दुर्घटना बीमा व्यवस्थालाई थप प्रभावकारी बनाउन कानुनी व्यवस्था आवश्यक रहेको जनाएको हो।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सदस्य संस्थाहरूले व्यवसायीबाट निश्चित शुल्क संकलन गरी सवारी दुर्घटनामा घाइते भएका तथा मृत्यु भएका व्यक्तिका परिवारलाई बीमा निर्देशिकामा उल्लेख गरिएको रकम अपुग हुने अवस्थामा थप राहत उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ।

महासंघका अनुसार सार्वजनिक यातायातका सवारी दुर्घटनामा घाइतेको उपचारका लागि अस्पतालमा लाखौं रुपैयाँ खर्च हुने गरेको छ। तर हालको बीमा व्यवस्थाअनुसार उपलब्ध हुने उपचार खर्च पर्याप्त नभएकाले व्यवसायीहरूले अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको अवस्था छ। दुर्घटनामा मृत्यु भएका घटनामा पनि बीमा रकमप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले क्षतिपूर्ति माग्ने, सवारी साधनमा आगजनी गर्ने तथा प्रहरी प्रशासनले समेत व्यवसायीलाई अतिरिक्त सहमतिमा पुग्न दबाब दिने अवस्था रहेको अध्यक्ष बानियाँकाे भनाइ छ।

ज्ञापनपत्रमा सार्वजनिक सवारी साधनले वैध बीमा पोलिसी खरिद गरेको अवस्थामा दुर्घटनापछि घाइतेको उपचार र पुनःस्थापनाको सम्पूर्ण जिम्मेवारी बीमा कम्पनीले नै लिनुपर्ने व्यवस्था गर्न माग गरिएको छ।

महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटमा दुर्घटनामा मृत्यु हुनेका लागि बीमा रकम १० लाख रुपैयाँ पुर्‍याइए पनि घाइतेको उपचार खर्च भने पुरानै ३ लाख रुपैयाँ कायम रहेकाले त्यसले उपचार, पुनःस्थापना र राहतका लागि पर्याप्त नहुने जनाएको छ।

यसै कारण राहतजन्य कार्य सञ्चालन गर्न ऐनमै छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न, त्यसको सञ्चालनका लागि घाइते राहत कोष निर्देशिका जारी गर्न तथा महासंघ र सम्बद्ध संस्थाहरूले सदस्य व्यवसायीबाट संकलन गर्ने रकममार्फत उक्त कोष सञ्चालन गर्न सकिने व्यवस्था संशोधित ऐनमा समावेश गर्न महासंघले सरकारसँग आग्रह गरेको छ।