३० असार २०८३, मंगलवार
,
Latest
विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा श्रद्धाञ्जली, सन्तानको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द शंकास्पद गतिविधि कसले गरेको रहेछ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकास्पद गतिविधि कसले गरेको रहेछ ?



अ+ अ-

काठमाडौं । सोमबार बिहान तीन वटा संञ्चारगृह , नेपाली काग्रेसका सभापति गगनकुमार थापाको निबासम र अनामनगरको भाटभटेनी सुपर मार्केट अगाडि एकैपटक उस्तै तरिकाले शंकास्पद गाडीहरू देखिए । आवागमनलाई नै अबरोध गर्ने नियतले ती सबारी साधनहरु त्यहाँ पार्किङ गरिएका थिए ।

बुद्धनगरस्थित अनलाइनखबर डटकमको कार्यालयको गेट अगाडि बा १२ च ८५४५ नम्बरको कार, हिमालय टेलिभिजनको गेट अगाडि बा १० च १२५५ नम्बरको कोसन्डा कार र तीनकुनेस्थित कान्तिपुर मिडिया हाउसको गेट अगाडि बा. प्रदेश ०१–०३४ च ८४८० नम्बरको कार र थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी राखिएको थियो ।

घटनाबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र जिल्ला प्रहरी परिसर काठमाडौंलाई सम्बन्धित कार्यलयले जानकारी गराएपनि प्रहरीको तदारुकता पनि स्वभाबिक देखिएको थिएन । यी गाडी कसले किन राख्यो भन्नेबारे प्रहरीले औपचारिक रुपमा केही जानकारी गराएको छैन ।

तर यी सबै घटनामा सत्तारुढदल रास्वपा नै जोडिएका आशंका गरिएको छ । रास्वपाले नै निकालेको बिज्ञप्तिमा पनि ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेर जनाएको छ ।
ती गाडीहरु रास्वपाकै कार्यकर्ताहरु को भएको प्रमाणहरु सार्वजनिक भएका छन् ।

घटना पछि कसले के भने ?

पत्रकार एबं बिश्लेषक सुधीर शर्माको टिप्पणी यस्तो छ -यो घट्नालाई सत्तारुढ रास्वपा स्वयंले ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेको छ । सरकार रास्वपाकै छ, उससँग सूचना पनि होला, त्यसैले आधिकारिक वक्तव्यमै यति भनिसकेपछि त्यो शंकास्पद गतिविधि कसले गरेको रहेछ ?  यो कुरा पनि खुलाइदिए उत्तम हुन्थ्यो ।
यो किन पनि भने, त्यसरी शंकास्पद ढंगबाट राखिएको एउटा गाडीका मालिक त रास्वपाकै नेता रहेछन् ।

उहाँले लेख्नुभएको छ

आज बिहानैबाट कान्तिपुर, अनलाइनखबर, हिमालय टिभीलगायतका सञ्चार–गृह एवं प्रतिपक्षी पार्टीका प्रमुख गगन थापाको घरमा एकसाथ गाडी तेर्स्याएर जुन प्रायोजित नाटक मञ्चन गरियो, त्यसको खास उद्देश्य प्रश्न गर्नेहरुको मुख थुन्नु थियो । अर्को उद्देश्यचाहिं, diversionary tactics सँग सम्बन्धित देखिन्छ ।

यो घट्नालाई सत्तारुढ रास्वपा स्वयंले ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेको छ । सरकार रास्वपाकै छ, उससँग सूचना पनि होला, त्यसैले आधिकारिक वक्तव्यमै यति भनिसकेपछि त्यो शंकास्पद गतिविधि कसले गरेको रहेछ ? यो कुरा पनि खुलाइदिए उत्तम हुन्थ्यो ।

यो किन पनि भने, त्यसरी शंकास्पद ढंगबाट राखिएको एउटा गाडीका मालिक त रास्वपाकै नेता रहेछन् ।

जहाँसम्म diversionary tactics को कुरा छ, योचाहिं राजनीतिक चालबाजहरुले बेलाबखत खेल्ने पुरानै मनोवैज्ञानिक अस्त्र हो । यसको उद्देश्य हुन्छ— मुलुकमा जुन मुद्दामाथि चर्को बहस चलिरहेको हुन्छ, सरकारको आलोचना भइरहेको हुन्छ, त्यसलाई थाहै नपाई अर्कोतिर मोड्न खोज्नु !

हामीकहाँ अहिले बलपूर्वक विस्थापित सुकुम्बासीहरुको आँशुको भेल रोकिएको छैन । बागमतीदेखि कीर्तिपुर हुँदै खरिपाटी पुग्दासम्म उनीहरुको किस्ताबन्दीमा विचल्ली भइरहेको छ । सुकुम्बासीका पक्षमा आवाज उठाएको निहुँमा सक्कली जेनजी माजिद अन्सारीलाई पिट्दै, हुत्याउँदै, गालीगलौज गर्दै बिनापूर्जी कव्जामा लिइएको छ । गणेश नेपालीबाट सुरु भएको आत्मदाहको सिलसिलाले सम्पूर्ण राष्ट्र रोषमा छ ।

यी बिषयहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाउन थालेपछि, यसैबेला गाडी–काण्ड गराएर ‘अटेन्सन डाइभर्ट’ गर्ने कोशिश गरिएको छ । सबैले थाहा पाउने गरी खुल्लमखुला ढंगबाट गरिएको यो हर्कतमार्फत् मिडियाको मुख थुन्न खोजिएको त छँदैछ ।

तर सूत्राधारहरुले कस्तो नबुझेको— यस्ता पुराना फर्मूलाहरु अब काम लाग्दैनन्, जो २०६१ माघमै आउटडेटेड भइसकेका छन् !

जेनजी अभियन्ता रक्षा बमले भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले चलाउने फेसबुक पेजबाट जथाभावी पार्किङले कस्तो समस्या निम्त्याउँछ भन्ने देखाउन भन्ने सन्देश दिनुले सरकारले संरक्षण गरेको समुहबाट तमासा देखाएको बताउनु भयो ।

उहाँले लेख्नु भएको छ

हामी सबैलाई थाहा छ, यो पेजका सञ्चालक प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनज्यू हुनुहुन्छ। उहाँको तर्क रहेछ, “जथाभावी पार्किङले कस्तो समस्या निम्त्याउँछ भन्ने देखाउन” मिडिया हाउसअगाडि गाडी पार्क गरिएको हो रे।
मलाई एउटा पुरानो घटना याद आयो। गत निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूची समावेशी नभएको भन्दै देशभर आलोचना भइरहेको थियो। त्यही समयमा कुमार बेनज्यू ठूलो स्वरमा रिसाउँदै भन्दै हुनुहुन्थ्यो, “समानुपातिक सूचीको विरोध गर्नेहरूलाई बागमतीमा चोबालिदिन्छु। पोस्टमा लाइक वा कमेन्ट गर्नेहरूलाई समेत थुन्न लगाइदिन्छु।”
त्यो सुनेपछि मैले भनेकी थिएँ, “त्यसो भए त थुनिनेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा हुनुपर्छ। समानुपातिक सूचीको विरोध गर्नेमध्ये म पनि एक हुँ।”
मेरो कुरा सकिन नपाउँदै पछाडिबाट कसैले भन्यो, “दाइ यस्तै हो, मजाक गर्नुहुन्छ।” तर आज बुझ्दैछु, त्यो मजाक थिएन, त्यो तानाशाही मानसिकताको झल्को थियो। फरक मतलाई अपराध ठान्ने, आलोचनालाई शत्रुता सम्झिने, असहमतिलाई जेलको धम्कीले दबाउन खोज्ने मानसिकता। आज त्यही मानसिकता राज्यसत्ताको वरिपरि बसेर नागरिकमाथि शक्ति प्रदर्शन गरिरहेको छ। आज त्यही हात सत्ता बनेर नागरिकको घाँटी थिचिरहेको छ।
कुमार बेनज्यू, तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हुनुहुन्छ। कृपया आफ्नो पदको गरिमा राख्नुहोला।नागरिकलाई धम्क्याउने र सञ्चारमाध्यममाथि शक्ति प्रदर्शन गर्ने अधिकार तपाईंलाई छैन। पार्किङ अव्यवस्थित छ भने त्यसको समाधान गर्ने जिम्मेवारी सरकारको हो। मिडिया हाउसअगाडि गाडी तेर्स्याएर तपाईंहरूले के तमासा देखाउन खोज्नुभएको हो? के तपाईंहरूलाई मान्छेको ज्यानभन्दा पनि स्टन्ट गरेर देखाउनु ठूलो भएको हो?
नगर प्रहरीले गणेश नेपालीप्रति गरेको व्यवहार कुनै पनि हिसाबले उचित थिएन। शक्तिको मातमा कुनै पनि प्रहरीले नागरिकसँग त्यसरी व्यवहार गर्न मिल्दैन। त्यो जायज थिएन। विरोध नगर प्रहरीको भन्दा पनि उनीहरूले अपनाएको शैलीको भइरहेको हो। पार्किङ व्यवस्थापन नगर भनेर कसैले पनि भनेको छैन, जनताप्रति कारूणिक बन्न मात्र भनेको हो। फरक बुझ्नुहोला।
कुनै फिल्मको स्क्रिप्ट लेखेर फिल्म चलाउनु र राज्यसत्ता सञ्चालन गर्नु दुई फरक कुरा हुन्।
पूर्वमन्त्री रामेश्वर खनालले भने घटना शकास्पद नभएको भन्दै यस्तो टिप्पणी गर्नुभएको छ ।
नबुझेको कुराः गाडीको नम्बरप्लेट स्पष्ट देखिन्छ, शंकास्पद कसरी भएछ!
तर उहाँको दृष्टिकोणमाथी टिप्पणी गर्नेहरुले खनालले जुन छबि निर्माण गर्नुभएको थियो त्यसको बिपरित प्रतिक्रिया ब्यक्त भएको भन्दै रोष प्रकट गरेका छन् ।

खनाललाई अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले यस्तो प्रश्न गर्नुभएको छ-

रामेश्वर सर, तपाई मैले अत्यन्तै आदर गर्ने पात्रमध्ये एक हुनुहुन्छ । ट्रोल पेजहरुले यही कुरा लेखेको भए मेरो ध्यान जाँदैनथ्यो । न्युयोर्कका ट्वीन टावरमा ठोक्किने विमान पनि पक्कै शंकास्पद थिएनन् किनभने तिनमा पनि कल साइन त पक्कै थियो । जब देशमा पछिल्ला दिनमा एकै नासले घटनाहरु घटित हुन्छन्, तिनमा जवाफदेही बहन गर्नुसाटो उल्टै प्रत्याक्रमण हुन्छ, अझ संसदसमेत त्यस्तो कर्ममा मन्चका रुपमा प्रयोग हुन्छ– मिडियाले पक्कै लेख्छ । तीनवटा मिडियामा एउटै शैलीमा गेट छेकिनु कसरी शंकास्पद भएन Rameshore सर ? बुझिनँ मैले, बुझाइदेउ कसैले ।

आफ्ना कार्यकर्ताले गरेको कार्यप्रति रास्वपाले राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि भएको जनाएको छ ।

रास्वपाको दृष्टिकोण यस्तो छ

विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ।
राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन हुन्।
एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ।
कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं।
स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो र यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध छ। तसर्थ,प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ। यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं।
अन्तमा, सम्पूर्ण सञ्चार जगत्‌लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै, सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं।
विपिन कुमार आचार्य
महामन्त्री

यो सरकार र रास्वपाबीचको सम्बन्ध के हो? पार्टी केन्द्र र संसदीय दलको सम्बन्ध के हो?

यो सरकार पार्टीको हो कि कुनै टोले ग्याङको?

रास्वपाले आफ्नो राजनीतिक औचित्य पुष्टि गर्ने हो भने तत्काल पार्टी केन्द्रीय समितिको बैठक बोलाएर सरकारका कामहरूको समीक्षा गरोस्।

अहिलेसम्म जे–जे कमजोरी भएका छन्, त्यसका लागि प्रधानमन्त्रीलाई सचेत गराओस्, पार्टीले गरेका राजनीतिक बाचा र प्रतिबद्धता सम्झाओस् र आइन्दा जथाभावी नगर्न निर्देशन दिओस्।

अन्यथा, कि त यो सरकारसँग आफ्नो कुनै साइनो–सम्बन्ध छैन भनेर घोषणा गरोस्, कि त सरकारका पछिल्ला कामहरूको जिम्मेवारी लिओस् र जनतासँग माफी मागोस्।

रवीजी! चुपचाप बसेर समस्या समाधान हुँदैन। आफूलाई पार्टीको सभापति प्रमाणित गर।