४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

सञ्चारमाध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली

सञ्चारमाध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली
अ+ अ-

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्युनतम मापदण्ड तय गरिनुपर्नेमा जोड दिनुभएको छ ।

सोमवार सञ्चारकर्मीहरूसँग आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय सञ्चारमाध्यमको संख्यामा भएको वृद्धिलाई दृष्टिगत गर्दै उपनेता पराजुलीले कार्यविधि (टीओआर) परिमार्जनको आवश्यकता औंल्याउनु भयो । संसदीय मामिलामा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूको भुमिकालाई प्रभावकारी बनाउन संसद सचिवालयसँग समन्वय गरी आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेमा उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उपनेता पराजुलीले सांसद र सञ्चार जगत दुवैको जवाफदेहिता समान हुने उल्लेख गर्नुभयो ।

उपनेता पराजुलीले भन्नुभयो, ‘पहिलेको अवस्थामा एक वा दुईवटा मात्र मिडिया थिए भने आज मिडियाको संख्या अत्याधिक बढेको छ । यसलाई व्यवस्थित बनाउने क्रममा टीओआर कसरी तयार गर्ने, त्यसमा कसरी सुधार गर्ने भन्ने विषय महत्त्वपूर्ण छ । त्यसैगरी, संसदीय मामिलामा भूमिका निर्वाह गर्ने सञ्चारकर्मी साथीहरूले अझ प्रभावकारी रूपमा काम गर्न सकून् भन्ने उद्देश्यले यहाँहरूले नै प्रशिक्षणको आवश्यकता औँल्याउनुभएको छ । यो वास्तवमै सोचनीय विषय हो। संसद् सचिवालयसँग समन्वय गरी यसलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने पक्षमा पनि हामीले काम गर्नुपर्ने आवश्यकता छ । जवाफदेहिता जति सांसदहरूको छ, त्यति नै सञ्चार जगतको पनि छ । त्यसकारण दुवै पक्षको जवाफदेहितालाई प्रभावकारी बनाउन यहाँहरूले दिनुभएका सबै सुझाव मननीय छन् । यी सबै पक्षलाई व्यवस्थित गर्न न्यूनतम मापदण्ड तय गरिनुपर्छ। संसदीय मामिलासम्बन्धी पत्रकारिता गर्दा यहाँहरूले व्यक्त गर्नुभएका सुझाव, यहाँहरूकै एशोसिएशन तथा व्यावसायिक संस्थाबाट तय गरिएका आधारभूत मान्यता र अन्तर्राष्ट्रिय मापदण्डलाई समेत आधार बनाएर आवश्यक सुधार गर्नुपर्छ भन्ने पक्षमा पनि काम गर्न आवश्यक छ । आगामी दिनमा हामीले निर्वाह गर्ने संसदीय भूमिका वा कानुन निर्माण प्रक्रियामा मात्र होइन, यहाँहरूसँग अझ नजिकको सहकार्य गर्दै सबै जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्न हामी प्रतिवद्ध छौँ । यहाँहरूले सोध्नुभएको जस्तो सञ्चार जगतलाई बन्द गराउने वा कुनै प्रकारको बन्देज लगाउने हाम्रो कुनै सोच वा उद्देश्य छैन । त्यसको कल्पना पनि गर्न सकिँदैन । हाम्रो उद्देश्य केवल यसलाई कसरी अझ व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सकिन्छ तथा यहाँहरूको अनुभवले के देखाएको छ भन्ने कुरा बुझ्नु मात्र हो ।’

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको हो कि भन्ने जिज्ञासाको खण्डन गर्दै उहाँले प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिवद्ध रहेको प्रष्ट पार्नुभयो । उपनेता पराजुलीले आगामी दिनमा कानून निर्माणको प्रक्रिया र संसदीय भूमिकामा सञ्चारकर्मीहरूसँग नजिक रहेर सहकार्य गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । –न्युज एजेन्सी नेपाल