४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार

‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार
फाइल फोटो
अ+ अ-

काठमाडाैँ । किर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले सरकारले माग गरेको राहतसम्बन्धी निवेदन नभरिने घोषणा गरेका छन्।

साेमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उनीहरूले नेपाल सरकार तथा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले असार २२ गतेभित्र राहतका लागि निवेदन दिन गरेको आह्वान आफूहरूको समस्याको समाधान नभएको बताएका हुन्।

प्रभावित परिवारका अनुसार होल्डिङ सेन्टरमा बसिरहेका करिब आधा परिवारले राहतसम्बन्धी निवेदन भरेका छैनन् र नभरिने अडानसमेत लिएका छन्। उनीहरूले आफूहरूलाई राहतभन्दा पनि राज्यले भत्काएको बासस्थानको सम्मानजनक व्यवस्थापन र दीर्घकालीन पुनःस्थापना आवश्यक रहेको बताएका छन्।

विज्ञप्तिमा वैकल्पिक आवासको व्यवस्था नगरी घर भत्काएर केही रकमलाई समाधानका रूपमा प्रस्तुत गर्नु समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गरिएको छ। आवास नागरिकको मौलिक आवश्यकता भएकाले राज्यले आफूहरूलाई विस्थापित गरेपछि उचित पुनःस्थापना गर्नु सरकारको संवैधानिक, कानुनी तथा नैतिक दायित्व भएको उनीहरूको भनाइ छ।

प्रभावित परिवारले राहतको निवेदन नभरिएको आधारमा कुनै पनि परिवारलाई धम्क्याउने, दबाब दिने, अधिकारबाट वञ्चित गर्ने वा भविष्यमा कुनै सेवासुविधाबाट रोक्ने कार्य स्वीकार्य नहुने चेतावनी पनि दिएका छन्।

उनीहरूले सरकारसँग राहतको सट्टा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न, सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनःस्थापनाको योजना कार्यान्वयन गर्न तथा निवेदन नभरिएको आधारमा कुनै पनि नागरिकमाथि विभेद वा दबाब नदिन माग गरेका छन्।

प्रभावित परिवारहरूले आफ्नो अधिकार, सम्मान र न्यायपूर्ण पुनःस्थापनाका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक रूपमा संघर्ष जारी राख्ने र दिगो व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टरमै बसिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।